कोशी प्रदेश सरकार
(सामाजिक विकास मन्त्रालय)
बृहत्तर बराहक्षेत्र विकास समिति
बुधबार, साउन १३, २०८३
कोशी प्रदेश सरकार, नेपाल
कोका र सप्तकोशी नदीको पवित्र संगममा अवस्थित, भगवान विष्णुको वराह अवतारसँग सम्बन्धित प्राचीन तीर्थक्षेत्र।
बृहत्तर बराहक्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले समृद्ध पूर्वी नेपालको एक महत्वपूर्ण तीर्थक्षेत्र हो। यहाँ बराहक्षेत्र धाम, चतरा धाम, औलिया बाबा धाम, कोका–सप्तकोशी संगम र रामधुनी धामलगायत थुप्रै धार्मिक क्षेत्रहरू रहेका छन्, जहाँ वर्षभरि हजारौं भक्तजनहरूको आवागमन हुने गर्दछ।
बृहत्तर बराहक्षेत्र भन्नाले भगवान् श्री विष्णुले वराह रूपमा अवतार लिई दैत्यराज हिरण्याक्षबाट पृथ्वीको उद्धार गरिसकेपछि जुन स्थानमा निवास गर्नुभयो र आफ्ना विभिन्न अलौकिक लीलाहरू रचना गर्नुभयो, तिनै पवित्र क्षेत्रहरूको समष्टिगत स्वरूपलाई बुझाउँछ। विभिन्न शास्त्रीय मान्यता र पौराणिक वर्णन अनुसार यस पवित्र क्षेत्रको परिधि ८४ कोषको क्षेत्रफलमा फैलिएको छ।
नेपालको प्रसिद्ध चार धाममध्येको एक मुख्य बराहक्षेत्र धाम सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा अवस्थित छ। तथापि, बृहत्तर बराहक्षेत्रले बराहक्षेत्र धामको आसपासमा रहेका अन्य छिमेकी जिल्ला र नगरपालिकाहरूका ऐतिहासिक एवं धार्मिक क्षेत्रहरूलाई समेत समेट्दछ। खासगरी पूर्वी नेपालका तीनवटा परिपूरक जिल्लाहरू—सुनसरी, उदयपुर र धनकुटाका विभिन्न क्षेत्रहरू यस बृहत्तर बराहक्षेत्रको परिधिभित्र पर्दछन्।
०+
धार्मिक तथा पर्यटकीय क्षेत्रहरू
०
समावेश जिल्लाहरू
०
प्रमुख धामहरू
०
वर्षमा महाकुम्भ मेला
श्री प्रकाश बस्नेत
अध्यक्ष, बृहत्तर बराहक्षेत्र विकास समिति
बृहत्तर बराहक्षेत्र नेपालकै सबैभन्दा पवित्र र ऐतिहासिक तीर्थक्षेत्रहरूमध्ये एक हो। यस समितिको तर्फबाट, वराहक्षेत्र, चतराधाम, पिण्डेश्वर, दन्तकाली लगायत यस क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र योजनाबद्ध विकासका लागि हामी निरन्तर क्रियाशील रहेका छौं।
आगामी दिनहरूमा तीर्थयात्रीका लागि थप सुविधा विस्तार, पूर्वाधार सुधार र डिजिटल सेवाहरू सुदृढ गर्दै यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो प्रतिबद्धता रहेको छ। यस पावन भूमिमा पाइला टेक्ने हरेक श्रद्धालुलाई हार्दिक स्वागत छ।
— श्री प्रकाश बस्नेत, अध्यक्ष
बृहत्तर बराहक्षेत्रको संरक्षण र दिगो विकासका लागि समितिको मार्गदर्शक सिद्धान्तहरू।
बृहत्तर बराहक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने एक समृद्ध, सुरक्षित र सुव्यवस्थित धार्मिक-सांस्कृतिक तीर्थक्षेत्रका रूपमा स्थापित गर्ने।
क्षेत्रभित्रका सम्पूर्ण धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र योजनाबद्ध पूर्वाधार विकास गर्दै तीर्थयात्रीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने।
भगवान वराहको मुख्य मन्दिर, नेपालका प्रमुख चार धाममध्ये एक।
स्नान, पूजा र पितृकार्यका लागि पवित्र नदी संगम।
शिव, काली, दुर्गा, हनुमान, राधाकृष्ण लगायतका मन्दिरहरू।
नेपालका प्रमुख ५१ शक्तिपीठमध्ये एक, विजयपुर डाँडामा अवस्थित।
किराँत–हिन्दू साझा आस्थाको केन्द्र, टुप्पो नभएका बाँसका लागि प्रख्यात।
भगवान राम, सीता र लक्ष्मणसँग सम्बन्धित पवित्र क्षेत्र।
मकर सङ्क्रान्ति, कार्तिक पूर्णिमा, ऋषि पञ्चमी, व्यास पञ्चमी, एकादशी र प्रत्येक १२ वर्षमा आयोजना हुने महाकुम्भ मेलाका अवसरमा हजारौं श्रद्धालुहरू यहाँ भेला हुने गर्दछन्।
माघको सुरुमा हजारौं श्रद्धालुहरूको स्नान र पूजाका लागि सबैभन्दा ठूलो जमघट।
कार्तिक पूर्णिमा, एकादशी लगायतका अवसरमा नदी संगममा हुने पवित्र स्नान।
प्रत्येक १२ वर्षमा आयोजना हुने विशाल धार्मिक मेला, राष्ट्रिय-अन्तर्राष्ट्रिय तीर्थयात्रीको सहभागिता।
पारदर्शिता र सुशासनका लागि समितिका कागजातहरू सजिलै पहुँचयोग्य।
समिति सञ्चालन सम्बन्धी ऐन, नियम र निर्देशिकाहरू।
📝गुनासो, अनुमति र सेवा सम्बन्धी फारमहरू।
📊वार्षिक तथा त्रैमासिक प्रगति प्रतिवेदनहरू।
📢निर्माण तथा खरिद सम्बन्धी बोलपत्र आह्वानहरू।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम तोकिएको सूचना अधिकारीमार्फत सूचना माग गर्न सकिन्छ।
तपाईंको तीर्थयात्रालाई सहज बनाउन आवश्यक सम्पूर्ण जानकारी।
सम्बन्धित सरकारी निकायहरू
कुल भ्रमणकर्ता: 87
तीर्थयात्री जानकारी, आवास र मार्गनिर्देशनका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
सम्पर्क गर्नुहोस्