कोशी प्रदेश सरकार
(सामाजिक विकास मन्त्रालय)
बृहत्तर बराहक्षेत्र विकास समिति
बुधबार, साउन १३, २०८३
कोशी प्रदेश सरकार, नेपाल
मकर सङ्क्रान्ति, कार्तिक पूर्णिमा र कुम्भ मेलाका अवसरमा विशेष भीड हुन्छ; शान्त वातावरणका लागि अन्य समय उपयुक्त।
मन्दिर परिसरमा सामान्य/शालीन पहिरन लगाउनुहोस्; जुत्ता मन्दिर बाहिर फुकाल्नुहोस्।
धाम परिसरमा शौचालय, पेयजल र विश्राम क्षेत्रहरू उपलब्ध छन्।
भीडभाडको समयमा प्राथमिक उपचार शिविर सञ्चालनमा रहन्छ; स्वयंसेवक तथा प्रशासनको सहयोग लिनुहोस्।
सुनसरी जिल्लाका प्रमुख सहरहरूबाट सडक मार्गबाट सजिलै पुग्न सकिन्छ। थप जानकारीका लागि यात्रु मार्ग पृष्ठ हेर्नुहोस्।
स्थानीय पसलहरूमा पूजा सामग्री उपलब्ध हुन्छ; पण्डित/पुरोहित सेवा पनि पाइन्छ।
चतराधाम परिसरमा शंकराचार्य मठ, रामानन्दाचार्य सेवापीठ, गीता ब्रह्मचिन्तन योगाश्रम लगायतका धार्मिक क्षेत्रहरूमा तीर्थयात्रीका लागि निःशुल्क वा सामान्य दस्तुरमा बासको व्यवस्था मिलाइन्छ। कुम्भमेला जस्ता ठूला पर्वका अवसरमा अस्थायी शिविर र सामुदायिक धर्मशाला समेत सञ्चालन गरिन्छ।
कोशीपुल, भेडेटार र नजिकैका बजार क्षेत्रहरूमा होटल, लज र रेस्टुरेन्टहरू उपलब्ध छन्, जहाँ स्थानीय परिकार तथा सामान्य खाना पाइन्छ। धरान र इटहरीबाट पनि दैनिक आवतजावत गर्न सकिन्छ।
प्रत्येक १२ वर्षमा महाकुम्भ र ६ वर्षमा अर्धकुम्भ मेला आयोजना हुन्छ, जहाँ लाखौं श्रद्धालु सहभागी हुन्छन्।
कोका–कौशिकी संगम र सप्तकौशिकी आरती स्थलमा विशाल धार्मिक मेला लाग्छ।
नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु पवित्र स्नानका लागि आउँछन्।