कोशी प्रदेश सरकार
(सामाजिक विकास मन्त्रालय)
बृहत्तर बराहक्षेत्र विकास समिति
बुधबार, साउन १३, २०८३
कोशी प्रदेश सरकार, नेपाल
विराटनगर, इटहरी, धरान, झुम्का, इनरुवा, रामपुर आदिबाट वृहत्तर बराहक्षेत्रभित्रका मठ-मन्दिरहरूमा पुग्ने मार्ग
नजिकैको विमानस्थल: विराटनगर एयरपोर्ट। त्यसपछि सडक मार्गबाट बराहक्षेत्र।
धरान, इटहरी र विराटनगरबाट नियमित सवारी साधनहरू उपलब्ध।
पूर्व-पश्चिम राजमार्गबाट बराहक्षेत्र जोड्ने सडकमार्ग प्रयोग गर्नुहोस्।
| सुरुवात बिन्दु | मार्ग विवरण |
|---|---|
| विराटनगर | विराटनगरबाट इटहरी हुँदै कोशी राजमार्गको सडकमार्गबाट सजिलै बराहक्षेत्र र चतराधाम पुग्न सकिन्छ (करिब ४५ कि.मि.)। |
| इटहरी | इटहरीबाट झुम्का, इनरुवा हुँदै कोशीपुल पार गरी वराहक्षेत्र मन्दिर र चतराधाम पुग्न सकिन्छ (करिब २५ कि.मि.)। |
| धरान | धरानबाट कोशी राजमार्ग हुँदै वराहक्षेत्रतर्फ अथवा भानुचोकबाट पिण्डेश्वर, दन्तकाली, विजयपुर गढी हुँदै धरानभित्रका धार्मिक क्षेत्रहरूमा पुग्न सकिन्छ (करिब ३० कि.मि.)। |
| रामपुर / झुम्का / इनरुवा | यी स्थानहरूबाट स्थानीय सडक तथा कोशी राजमार्ग जोडिँदै रामधुनी मन्दिर हुँदै वराहक्षेत्र र चतराधाम क्षेत्रसम्म पुग्न सकिन्छ। |