कोशी प्रदेश सरकार
(सामाजिक विकास मन्त्रालय)
बृहत्तर बराहक्षेत्र विकास समिति
बुधबार, साउन १३, २०८३
कोशी प्रदेश सरकार, नेपाल
नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजद्वारा वि.सं. २०५९ सालमा चतराधाममा ऐतिहासिक प्रथम पूर्ण महाकुम्भ मेला र वि.सं. २०६४/६५ सालमा अर्ध कुम्भमेला सफलतापूर्वक सम्पन्न गराएपछि, यस क्षेत्रभित्र रहेका वराहक्षेत्र मन्दिर, गुप्तवराह, चतराधाम, औलिया बाबा, पिण्डेश्वर, बूढासुब्बा, रामधुनी, विष्णुपादुका, मैनामैनी लगायत कयौं पौराणिक र ऐतिहासिक क्षेत्रहरूसँग जोडिएको एक विशाल आध्यात्मिक क्षेत्र — "बृहत्तर बराहक्षेत्र" — को विकासका लागि एउटा अधिकारसम्पन्न सरकारी निकायको आवश्यकता महसुस भयो।
उहाँकै पहलमा, तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला जीको सरकारले गरेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम वि.सं. २०६६ सालमा "बृहत्तर बराहक्षेत्र विकास समिति" को स्थापना भएको हो।
सुरुमा यो समिति संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने गरी स्थापना भएको थियो। हाल यो समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित छ।